काठमाडौँ। जेनजी आन्दोलनपछि भएको प्रतिनिधिसभा निर्वाचनमा देशभरि ६० प्रतिशत हाराहारीमा मत खसेको छ। निर्वाचन आयोगको प्रारमिभक अनुमान अनुसार देशभर ६० प्रतिशत मत खसेको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।
देशभर १६५ जना प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष र ११० सदस्यका समानुपातिकका लागि निर्वाचन भएको हो। प्रवक्ता भट्टराईका अनुसार छिटफुट अवरोध बाहेक निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ। मतदान कार्य सकिएसँगै मतपेटिका सुरक्षित रुपमा संकलन भएपछि मतगणना कार्य तत्काल सुरू हुने बताइएको छ।
यस पटकको प्रतिनिधिसभा निर्वाचनमा १८ वर्ष पूरा भएका एक करोड ८९ लाख तीन हजार ६८९ जना कुल मतदाता छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ जना पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य मतदाता छन्। निर्वाचन आयोगका अनुसार देशभरमा १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् ।