बुटवल। रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ।
रुपन्देहीका १, २, ३ र ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको अग्रता छ। रुपन्देही ४ मा भने एमाले उम्मेदवार अगाडि छन्।
रुपन्देही १ मा रास्वपाका उम्मेदवार सुनील लम्साल अगाडि छन् भने राप्रपा उम्मेदवार प्रज्ज्वल बोहोरा र कांग्रेस उम्मेदवार हीरा केसीले पछ्याइरहेका छन्। लम्सालले १३३२ मत गणना हुँदा ६६८, बोहराले १२१, केसीले १०५ मत ल्याएका छन्।
रुपन्देही २ मा भने रास्वपाका उम्मेदवार सुलभ खरेलले ७१५१ मतसहित फराकिलो अग्रता लिएका छन्। एमाले उम्मेदवार विष्णु पौडेल १६५९ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार चुन्नप्रसाद पौडेल ७३४ मतका साथ तेस्रो स्थानमा छन्।
रुपन्देही ३ मा रास्वपा उम्मेदवार लेखजंग थापा र ५ मा तौफिक अहमद खानले अग्रता लिएका छन्। रुपन्देही ४ मा एमाले उम्मेदवार प्रमोद यादव अगाडि छन्।