जनकपुर। सर्लाही ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापा एक हजार ६६० मत मतले पछाडि परेका छन्।
निर्वाचन कार्यालयको ४ बजेको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले दुई हजार ८४७ मत प्राप्त गरी अग्रता लिएका छन्। थापा एक हजार ७१४ मत प्राप्त गरी दोस्रो स्थानमा छन्।
त्यसैगरी, जनमत पार्टीका राकेश मिस्त्रीले दुई हजार ६७ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का अमनिशकुमार यादवले ४१० मत प्राप्त गरेका छन्।