सुर्खेत। जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) दोब्बर मतसहित आफ्नो अग्रता कायमै राखेका छन्। तीन हजार ९६३ गन्दा उनले दुई हजार १०२ मत पाएका छन्।
ज्ञानेन्द्रका निकटतम प्रतिद्वन्दी नेकपाका नरेश भण्डारीले ९७२ मत प्राप्त गरेका छन । शाही भण्डारीभन्दा ११३० मतले अगाडि छन।
नेपाली काँग्रेसका दीपबहादुर शाहीले ४९६,एमालेका शान्तिलाल महतले २१२, रास्वपाकी विनिता कठायतले २९, नेमकिपाका बिर्खबहादुर रावतले २८ मत पाएका छन ।
यसैगरी नेपाल जनता पार्टीका रनिलविक्रम शाहीले २, प्रलोपाका मनऋषि धितालले ३, नेकपा माओवादीका बिर्खबहादुर शाहीले १ र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १ मत प्राप्त गरेका छन।