काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२२ फाल्गुन २०८२
अ+
अ-

झापा। झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह अग्रस्थानमा देखिएका छन्। हालसम्मको मतपरिणाम अनुसार शाहले ५,२५४ मत प्राप्त गरेका छन्।

उनीपछि नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओली १,२४८ मतसहित दोस्रो स्थानमा रहेका छन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया १८५ मतसहित तेस्रो स्थानमा छन् भने नेकपाका उम्मेदवार रञ्जित तामाङले १२९ मत प्राप्त गरेका छन्।

झापा–५ का निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार मतगणना जारी रहेको छ र थप परिणाम क्रमशः सार्वजनिक गरिनेछ।