काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

प्रतिनिधिसभा निर्वाचन

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। देशैभर प्रतिनिधिसभाको निर्वाचनको मतगणना भइरहेको छ। जसअनुसार ११ स्थानमा महिला उम्मेदवारहरूले अग्रता लिएका छन्। काठमाडौँ १ मा रञ्जु न्यौपानेले जित हासिल गरिसकेकी छन्।

प्रत्यक्षतर्फ सबै राजनीतिक दलले जम्मा ११ प्रतिशत महिलालाई उम्मेदवार बनाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका महिलाहरूले मतगणनाका क्रममा अग्रता लिएका छन्।

हालसम्म झापा १ बाट निशा डाँगी, झापा २ बाट इन्दिरा राना मगर, मोरङ ५ बाट आशा झा, मोरङ ६ बाट रुबिना आचार्य, महोत्तरी ४ बाट गौरी कुमारी, सर्लाही १ बाट नीतिमा भण्डारी, धादिङ १ बाट आशिका तामाङ, ललितपुर ३ बाट तोसिमा कार्की, चितवन ३ बाट सोविता गौतम, कास्की ३ बाट बिना गुरुङ र कैलाली १ बाट कोमल ज्ञवाली प्रतिस्पर्धामा अगाडि देखिएका छन्।

देशभरि रास्वपाको लहर देखिरहेका बेला अधिकांश महिला उम्मेदवारले जित हात पार्ने देखिएको छ।