रौतहट। रौतहट क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार फराकिलो मतान्तरसहित अगाडि छन्।
रास्वपाका राजेशकुमार चौधरीले एक हजार ८०४ मतसहित अग्रता लिइरहेका छन्। पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह-संयोजक माधवकुमार नेपाल भने पाँचौँ स्थानमा छन्। निर्वाचन आयोगको विवरणअनुसार, हालसम्मको गणनामा उनले ४५४ मत पाएका छन्।
जनता समाजवादी पार्टी नेपालका उम्मेदवार योगेन्द्र राय यादव एक हजार १०१ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका अनिलकुमार झाले ८२७ मत ल्याएको छन्।
यस्तै, नेकपा एमालेका अजयकुमार गुप्ता चौँथो स्थानमा छन्। उनले ५६८ मत पाएका छन्।