काठमाडौं। म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन्।
सुरुवाती मतगणना अनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले ९६६ मत प्राप्त गरेका छन्। एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१ र कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन् ।