काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२२ फाल्गुन २०८२
अ+
अ-

उदयपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उदयपुरका दुई निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना जारी छ।

उदयपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको अग्रता छ भने क्षेत्र नम्बर २ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अगाडि छन्।

उदयपुर १ मा रास्वपाका पारशमणि गेलाल दुई हजार ३०४ मतसहित अघि बढिरहेका छन्। उनलाई पछ्याइरहेका श्रम संस्कृति पार्टीका राजेशकुमार राईले हालसम्म एक हजार १७३ मत ल्याएका छन्। यस्तै, नेकपा (एमाले)का दुर्गाकुमार थापा एक हजार ४७ मतसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बलदेव चौधरी एक हजार १५ मत ल्याएर चौथो स्थानमा छन्।

उदयपुर २ मा २९६ मतसहित श्रम संस्कृति पार्टीका बलराज राईले सुरुआती अग्रता लिएका छन्। यस्तै, नेकपाका सुरेशकुमार राईले १९३, एमालेका अम्बरबहादुर रायमाझीले १३९ र कांग्रेसका रामकुमार राईले ६९ मत ल्याएका छन्।