काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७११ मत प्राप्त गर्दै विजय हासिले गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बानियाँले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार अमन मास्केले चार हजार ३७३ मत पाएका छन्।
खनाल यसअघि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ ६ बाट नै विजयी भएका थिए।