काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलले अग्रता कायम राखेका छन्।
निर्वाचन आयोगको पछिल्लो मतगणनाअनुसार पोखरेलले १९ हजार ८६७ मत प्राप्त गरेका छन्। पोखरेल काठमाडौँ महानगरपालिकामा पूर्वप्रमुख बालेन्द्र शाहको सचिवालयमा कार्यरत थिए।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेललाई फराकिलो मतान्तरले पछि पार्दै पोखरेलले जित हासिल पारेका हुन्। पौडेलले ६ हजार ६५ मत प्राप्त गरेका छन्।
त्यस क्षेत्रमा नेकपा (एमाले)का नेता ईश्वर पोखरेल तीन हजार ४४ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले एक हजार १९३ मत ल्याएका छन्।