काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२२ फाल्गुन २०८२
अ+
अ-

दाङ। दाङको निर्वाचन क्षेत्र नम्बर १ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

प्रारम्भिक मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता लिएका छन्।

पाठकले १५१६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले पाठकलाई पछ्याइरहेका छन्।

चौधरीले २९२ र नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरे २२२ र नेपाली कम्युनिस्ट पार्टी नेकपाका मेटामणि चौधरीले जम्मा ८९ मत प्राप्त गरेका छन्।