जनकपुरधाम। धनुषा-१ मा धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको उम्मेदवारी खारिज भएको र निजले प्राप्त गर्ने मतपत्रलाई गणना नगरी अन्य मतपत्रहरूलाई गणना गर्न थालेपछि नेकपा एमालेले सो क्षेत्रमा अग्रता लिएको हो।
नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ४९७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवले ३८७ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार राम पल्टन साहले ३२८ मत प्राप्त गरेका छन्।
धनुषन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको र मतपत्रमा सो पार्टीले प्रयोग गर्ने चीन्ह यथावत रहेको कारणले केही समय विवादपछि निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले प्राप्त गर्ने मतलाई मुचुल्का बनाई अलग राख्नुपर्ने र अन्य उम्मेदवारहरूको हकमा भने मत परिणाम सार्वजनिक गर्नुपर्ने निर्देशन गरेपछि सो क्षेत्रमा सोही अनुसारले मतगणना भइरहेको छ ।