बेइजिङ। चीनले कच्चा तेल र कतारी ग्यास बोक्ने जहाजहरूलाई हर्मुजको जलडमरूबाट सुरक्षित रूपमा पार गर्न अनुमति दिन इरानसँग वार्ता गरिरहेको छ।
स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले बिहीबार यसबारे उल्लेख गरेको हो। इजरायल, संयुक्त राज्य अमेरिका र इरानबीच जारी युद्ध अब सातौँ दिनमा प्रवेश गरेको छ। यस द्वन्द्वका कारण सयौँ जहाज हर्मुजको जलडमरूवरिपरि अलपत्र छन्।
यो समुद्री मार्गले विश्वको तेल र ग्यास आपूर्तिको लगभग २० प्रतिशत बोक्छ।
बढ्दो तनावले ऊर्जाको मूल्यमा पनि तीव्र वृद्धि भएको छ।
रोयटर्स र ब्लुमबर्गले जहाज ट्र्याकिङ डेटा उद्धृत गर्दै समाचारमा उल्लेख गरेका छन् कि चिनियाँ भएको दाबी गर्ने एक तेल ट्यांकर बिहीबार जलडमरूबाट पार गरेको थियो। यद्यपि बीबीसी भनेले यसको पुष्टि गर्दैन। -बीबीसी