प्रतिनिधिसभा निर्वाचन
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै स्थानमा अग्रता लिएको छ।
निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाममा रास्वपा र नेपाली कांग्रेसका एक-एक उम्मेदवार विजयी भएका छन्। काठमाडौँ क्षेत्र नम्बर १ बाट रास्वपाकी रञ्जु न्यौपानेले १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन्।
यसैगरी मुस्ताङबाट कांग्रेसले जितको सुरुवात गरेको हो। मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी भए। उनले तीन हजार ३०७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधार डादु विष्टले एक हजार ८०६ मत प्राप्त गरिन्।
आयोगका अनुसार रास्वपाका ८१ उम्मेदवार अग्रस्थानमा छन्। यस्तै कांग्रेसका ६ उम्मेदवार अग्रस्थानमा छन् भने नेकपा एमाले र नेकपाका समान आठ-आठ उम्मेदवारले अग्रता लिइरहेका छन्।
यसैगरी राप्रपा‚ प्रगतिशील लोकतान्त्रिक पार्टी‚ श्रम संस्कृति पार्टी र स्वतन्त्रका एक-एक उम्मेदवारले अग्रस्थान कायम गरेका छन्।