प्रतिनिधिसभा निर्वाचन
९५ क्षेत्रमा रास्वपा र आठ स्थानमा कांग्रेसको अग्रता
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २२ उम्मेदवार विजयी भएका छन्। योसँगै रास्वपाले ९५ स्थानमा अग्रता लिएको छ।
निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका पाँच र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई उम्मेदवार विजयी भएका छन्। यसैगरी नेकपा एमालेका एक उम्मेदवार विजयी भएका छन्।
जारी मतगणनाअनुसार कांग्रेस र नेकपा एमालेका आठ-आठ‚ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १० उम्मेदवारले अग्रता लिइरहेका छन्।
श्रम संस्कृति पार्टीका पाँच उम्मेदवारले अग्रता लिइरहँदा राप्रपा र स्वतन्त्रका एक-एक उम्मेदवारले अग्रस्थान कायम गरेका छन्।
यो पनि…