काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन

८० क्षेत्रमा रास्वपा र १० स्थानमा कांग्रेसको अग्रता

२३ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४० उम्मेदवार विजयी भएका छन्। साथै, रास्वपाले ८० स्थानमा अग्रता लिएको छ।

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका ६ उम्मेदवार विजयी भएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेका दुई दुई उम्मेदवार विजयी भएका छन्। स्वतन्त्रबाट एक जना विजयी भएका छन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका हुन्।

जारी मतगणनाअनुसार कांग्रेसका १०‚ एमालेका नौ र नेकपाका सात उम्मेदवारले अग्रता लिइरहेका छन्।

श्रम संस्कृति पार्टीका चार उम्मेदवारले अग्रता लिइरहँदा राप्रपाका एक उम्मेदवारले अग्रस्थान कायम गरेका छन्।