प्रतिनिधिसभा निर्वाचन
६५ क्षेत्रमा रास्वपा र ६ स्थानमा कांग्रेसको अग्रता
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७ उम्मेदवार विजयी भएका छन्। साथै रास्वपाले ६५ स्थानमा अग्रता लिएको छ।
पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका १० उम्मेदवार विजयी भएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई र नेकपा एमालेका तीन उम्मेदवार विजयी भएका छन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्रबाट एक-एकजना विजयी भएका छन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् भने जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन्।
जारी मतगणनाअनुसार कांग्रेस र नेकपाका ६-६ तथा एमालेका आठ उम्मेदवारले अग्रता लिइरहेका छन्।
श्रम संस्कृति पार्टीका तीन उम्मेदवारले अग्रता लिइरहेका छन्।