काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार अमरेश कुमार सिंहले २५ हजारभन्दा बढी मत पाएका छन् ।
प्रतिनिधिसभामा रास्वपाका उमेदवार सिंहले हालसम्म २५ हजार ८५ मत पाएका छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा सदस्यका उमेदवार छन् । थापाले हालसम्म १६ हजार ३३५ मत पाएका छन् ।