चितवन । चितवनमा रास्वपाकी सोविता गौतम र नेकपाकी रेनु दाहालबीच २४ हजार ४४४ मतान्तर देखिएको छ ।
ताजा मतपरिणामअनुसार, गौतमले ३९ हजार ३१९ र दाहालले १४ हजार ८७५ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा कांग्रेसका टेकप्रसाद गुरुङले पाँच हजार १०१, एमालेका शंकर थपलियाले तीन हजार ५७६ र राप्रपाका दीपक थापाले ८०३ मत प्राप्त गरेका छन् ।
यो परिणाम ६७ हजार १७४ मत गन्दासम्मको हो ।