पोखरा। स्याङ्जा २ मा नेकपा (एमाले)का उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसका भागवतप्रकाश मल्लले अग्रता कायम गरेका छन्।
लगातार अग्रस्थानमा रहेका एमाले उम्मेदवार खिमबहादुर थापालाई पछि पार्दै नेपाली कांग्रेसका मल्लले हालसम्म नौ हजार ५१० मत प्राप्त गरेका छन्।
यता एमालेका थापाले नौ हजार ३६९ मत पाएका छन्। यी दुवै उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झविलाल डुम्रेले आठ हजार ९०७ मत ल्याई पछ्याइरहेका छन्।