गोरखा। प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरु भएको छ।
भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुईदिनपछि मात्रै यसक्षेत्रको मतगणना सुरु भएको हो।
जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह्र १२ः३० बजेबाट मतगणना थालिएको मुख्यनिर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जानकारी दिए।
मतगणनाका लागि तारजालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ। गोरखा–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्।