सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज साम्पाङले मतान्तर बढाउँदै लगेका छन् । मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले ५ हजार ८९१ मत पाएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई १०८२ मतले पछि पार्दै मतान्तर बढाउन थालेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरानको १ देखि ६ सम्मको १५ हजार ३७८ मतगणना सकिँदा साम्पाङको मत ५८९१ रहेको छ ।
साम्पाङलाई सरिन तामाङले ४८०९ मत ल्याउँदै पछ्याइरहेका छन् ।