काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन विजयी भएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर जबरालाई करिब १० हजार मतान्तरले पराजित गर्दै महर्जन निर्वाचित भएका हुन्। महर्जनले २३ हजार ३७३ मत पाएका छन् भने जबराले १३ हजार ५२० मत ल्याएका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जितेको क्षेत्र कांग्रेसले यस पटक गुमाएको हो। उक्त निर्वाचनमा जबराले नै जितेका थिए।