काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२३ फाल्गुन २०८२
अ+
अ-

विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन्। अन्तिम मतपरिणाम अनुसार झाले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठुलो मतान्तरले पराजित गरेकी हुन्।

झाले ३० हजार ४३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फुलकुमार लालवनीले ९ हजार ४१५ मत मात्र पाए। त्यस्तै, जसपाका राजकुमार यादवले ८ हजार ७४७ र नेकपाका उम्मेदवार शिव कुमार मण्डलले ८ हजार ६१४ मत प्राप्त गरे।

मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये रास्वपाले अहिलेसम्म क्षेत्र नम्बर ४ मा सन्तोष राजवंशी, क्षेत्र नम्बर ६ मा रुविना आचार्य र क्षेत्र नम्बर ५ मा आशा झासहित तीनवटा क्षेत्रमा जित सुनिश्चित गरिसकेको छ। बाँकी रहेका क्षेत्र नम्बर १ मा यज्ञमणी न्यौपाने, क्षेत्र नम्बर २ मा कृष्णा कार्की र क्षेत्र नम्बर ३ मा गणेश कार्कीले पनि अग्रता कायमै राखेका छन्। मोरङमा रास्वपा ‘क्लिन स्विप’ गर्ने दिशामा अघि बढेको देखिन्छ।