काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२३ फाल्गुन २०८२
अ+
अ-

डोटी। एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसले अग्रता लिएको छ। नकेपा (एमाले)का दीपक धामीलाई पछि पार्दै कांग्रेसका भरतबहादुर खड्काले अग्रता लिएका हुन्।

खड्काले ११ हजार ३११ मत पाउँदा एमालेका धामीले १० हजार २५७ मत पाएका छन्।

यस्तै, रास्वपाका नरेन्द्रबहादुर खड्काले आठ हजार १९५ र नेपाली कम्युनिस्ट पार्टीका त्रिलोचन भट्टले चार हजार ४०१ मत पाएका छन्। उनी सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री हुन्।