काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२३ फाल्गुन २०८२
अ+
अ-

जनकपुर। मधेस प्रदेशको महोत्तरी जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले एक वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन तिन दुईवटामा अग्रता लिएका छन ।

महोत्तरीको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो निर्वाचित भएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेललाई पराजित गर्दै निर्वाचित भएका हुन्।

महताेले ३४ हजार ६३६ मत प्राप्त गरेका छन् भने पोखरेलले १२हजार ६ सय २४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोहीले ६ हजार ५सय९१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ६ हजार २सय १३ मत प्राप्त गरेका छन् ।

यसैगरी महोत्तरीको क्षेत्र नम्बर २ मा संयुक्त राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएका छन सो पार्टीका उम्मेदवार दीपक कुमार साहले १५ हजार १०६ मत प्राप्त गरेका छन् भने जसपा नेपालका शरद सिंह भण्डारीले ४हजार २ सय ६३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

नेपाली कांग्रेसकी किरण यादवले ४हजार २ सय ३४ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका उम्मेदवार कासिम नदाफले २०७४ मत प्राप्त गरेका छन्।

महोत्तरीको क्षेत्र नम्बर ३ मा समेत राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उज्ज्वल कुमार झाले १हजार७३ मत प्राप्त गरेका छन ।

दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार राम आधार कापर २६४ मत प्राप्त गरिरहेका छन् भने तेस्रो स्थानमा हरिनारायण यादव स्वतन्त्र उम्मेदवार रहेका छन्। उनले १६० मत प्राप्त गरेका छन्।

महोत्तरीको क्षेत्र नम्बर ४ मा समेत राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गौरीकुमारीले ५हजार १४ मत प्राप्त गरी अग्रता लिएका छन् भने जनता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्र यादवले १हजार ५४३ मत प्राप्त गरेका छन् त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र कुमार रायले १हजार २सय ३७ र नेकपा एमालेका उम्मेदवार नीलाम अधिकारीले ९७५ मा मत प्राप्त गरेकी छन ।