काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २२ हजार ४४२ मत पाएको छ । ३९ हजार ४८३ मतगणना गरिँदा रास्वापाले उक्त मत पाएको हो ।
निर्वाचन आयोगको विवरणानुसार समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले सात हजार ५०५ मत प्राप्त गरेको छ ।
तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छ । राप्रपाले तीन हजार १६९ मत पाएको छ ।
चौथो स्थानमा रहेको नेकपा (एमाले)ले दुई हजार ९९० मत ल्याएको छ ।
श्रम संस्कृति पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई उछिनेको छ । श्रम संस्कृतिले ९६०, नेकपाले ९५१ मत प्राप्त गरेको छ ।
राष्ट्रिय परिवर्तन पार्टीले ५३५, नेपाल मजदुर किसान पार्टीले १६६ मत प्राप्त गरेको आयोगले जनाएको छ ।