जनकपुर। रौतहट १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेशकुमार चौधरी विजयी भएका छन्।
चौधरीले नेकपा (एमाले)का उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै विजयी भएका हुन्। चौधरीले २८ हजार ९४६ मत प्राप्त गरे भने गुप्ताले १० हजार ६९३ मत प्राप्त गरे।
त्यसैगरी, मधेसकेन्द्रित राजनीतिक दलबाट नेपाली कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री अनिलकुमार झा आठ हजार ५७४ मत प्राप्त गरी तेस्रो स्थानमा छन्। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सात हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा चित्त बुझाए।