काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२३ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम। सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नितिमा भण्डारी कार्की भारी मतान्तरले विजयी भएकी छन्।

नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई भारी मतले पराजित गर्दै भण्डारी निर्वाचित भएकी हुन्।

भण्डारीले ४४ हजार १८१ मत प्राप्त गरेकी छन् भने श्रेष्ठले सात हजार ८७१ मत प्राप्त गरेका छन्। त्यसैगरी, नेकपा (एमाले)का उम्मेदवार मनोजकुमार देवकोटाले ६ हजार १०१ मत, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रमोदकुमार साहले पाँच हजार ४९८ मत, जसपा नेपालका उम्मेदवार रामप्रकाश चौधरीले तीन हजार ९९१ मत प्राप्त गरेका छन्।