काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२३ फाल्गुन २०८२
अ+
अ-

जनकपुर। धनुषाको निर्वाचनमा एक स्थानमा जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दुई क्षेत्रमा अग्रता कायम गरेको छ। एउटा क्षेत्रमा भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले अग्रता लिएका छन्।

धनुषा ३ मा रास्वपाका उम्मेदवार मनीष झाले नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई २७ हजार ६५२ मतान्तरले पराजित गर्दै विजय भएका छन्। निधिले १६ हजार ६५२ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले नौ हजार ७८६ मत नेपाली कम्युनिस्ट पार्टीका रामललित मण्डलले ७०९ मत र परमेश्वर साहले ५०० मत प्राप्त गरेका छन्।

त्यसैगरी धनुषा २ मा रास्वपाले अग्रता लिएको छ। रास्वपाका उम्मेदवार रामविनोद यादवले सात हजार ४०९ मत प्राप्त गरी अग्रता लिएका छन्। दोस्रोमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामचन्द्र झाले एक हजार ८९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दिनेश परसैलाले एक हजार ८२९ मत प्राप्त गरेका छन्।

त्यसैगरी धनुषा ४ मा रास्वपाका राजकिशोर महतोले १५ हजार ४९७ मत प्राप्त गरी अग्रता लिएका छन्। कांग्रेसका महेन्द्र यादवले तीन हजार ७४० मत प्राप्त गरेका छन्। नेकपा एमालेका उपमहासचिव एवं पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले दुई हजार ४२३ मत पाएका छन्।

त्यसैगरी धनुषा १ मा नेकपा एमालेका रामचन्द्र मण्डल १८ सय मत प्राप्त गरी अग्रता लिएका छन्। कांग्रेसका रामपल्टन साहले एक हजार ७६० मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादवले एक हजार ५३५ मत प्राप्त गरेका छन्।