काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता कायमै छ।
समानुपातिकमा हालसम्म ७५ हजार १५३ मत गनिँदा रास्वपाले आधाभन्दा बढी मत पाएको छ। उसले ४२ हजार ४० मत पाएको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस छ। कांग्रेसले १२ हजार ५५३ मत प्राप्त गरेको छ।
नेकपा (एमाले) सात हजार १३८ मतसहित तेस्रो स्थानमा छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँच हजार १९२, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तीन हजार १६४ र श्रम संस्कृति पार्टीले एक हजार ५३९ मत पाएका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ।
निर्वाचन आयोगका अनुसार यसपालि कुल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ रहेकामा एक करोड नौ लाख ७७ हजार ७११ मत खसेको छ।