बुटवल। रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले फराकिलाे मतान्तरले जित हासिल गरेका छन्।
२०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेकपा (एमाले)का विष्णु पाैडेललाई खरेलले ४३ हजार ६८९ काे फराकिलाे मतान्तरले पराजित गरेका हुन्। सुरुआतदेखि नै अग्रता कायम गरेका खरेलले ५६ हजार ५५० मत ल्याए।
शनिबार बिहान सार्वजनिक अन्तिम परिणामअनुसार एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेलले जम्मा १२ हजार ८६१ मत ल्याए।
नेपाली कांग्रेसका चुन्न पौडेलले नौ हजार ३९२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका सुभाषा पाण्डेय विश्वदीपले एक हजार ४०९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
कुल एक लाख ३५ हजार ५० मतदाता रहेको यस क्षेत्रमा ८६ हजार ५३० मत अर्थात् ६४.०७ प्रतिशत मत खसेको छ। त्यसमध्ये ८४ हजार १३ मत सदर भएकाे छ भने दुई हजार २९० मत बदर भएकाे छ।