काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२३ फाल्गुन २०८२
अ+
अ-

भोजपुर। भोजपुरमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई एक हजार १५३ मतान्तरले अघि छन्।

शनिबार बिहान ११ः३५ बजेसम्मको निर्वाचन आयोगको अपडेटअनुसार अरुण, आमचोक र टेम्केमैयुङ गाउँपालिकाको मतगणना भइसक्दा ध्रुवराजले पाँच हजार ३६७ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका सचिवसमेत रहेका उम्मेदवार शेरधन राईले चार हजार २१४ मत प्राप्त गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङले दुई हजार ४९८, नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापाले दुई हजार ३०७ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले एक हजार ५७८ मत प्राप्त गरेका छन्।

अब पौवादुङ्‌मा गाउँपालिका, भोजपुर नगरपालिका, रामप्रसाद राई गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिकाको मत गन्न बाँकी छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको भोजपुरमा कुल मतदाता एक लाख २३ हजार ३७९ छन्, जसमा महिला ५९ हजार २५३, पुरुष ६४ हजार १२५ र अन्य एक जना हुन्। २१ फागुनमा सम्पन्न निर्वाचनमा भोजपुरमा ४६.२५ प्रतिशत मत खसेको थियो।