काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन

नेकपाले ६ सिटमा जित निकाल्दा श्रम संस्कृति दुई सिटमा विजयी‚ एकमा अग्रता

२४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा जारी मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ११७ उम्मेदवार विजयी भएका छन्। रास्वपाले अझै आठ सिटमा अग्रता लिएको छ।

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका १७ उम्मेदवार विजयी भएका छन्। नेकपा (एमाले)का सात उम्मेदवार विजयी हुँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ६ उम्मेदवार विजयी भए।

श्रम संस्कृतिका पार्टीका दुई उम्मेदवार विजयी भइसकेका छन् भने एक ठाउँमा अग्रता कायमै छ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्रबाट एक एक उम्मेदवार विजयी भएका छन्। म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् भने जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन्।

समानुपातिकमा ३५ लाख मतगणना : कुन दललाई कति?

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ। आइतबार अपराह्न साढे १ बजेसम्म ३५ लाख ३८ हजार ९७१ मत गनिसकिएको छ।

प्रत्यक्षतर्फ १११ भन्दा बढी निर्वाचन क्षेत्रमा जितेर शीर्षस्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक मतमा रफ्तार बढाइरहेको छ। समानुपातिकमा रास्वपाले हालसम्म १७ लाख ६३ हजार ६ मत पाएको छ। यस्तै, प्रत्यक्षतर्फ १६ क्षेत्रमा जित हासिल गरेको नेपाली कांग्रेसले समानुपातिकमा ६ लाख ३८९ मत पाएको छ।

नेकपा (एमाले)ले पाँच लाख दुई हजार ५५२ प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई लाख ३७ हजार ८१८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक लाख २८ हजार ३४४ र श्रम संस्कृति पार्टीले ७४ हजार ११५ मत पाएका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० जना सभासद् निर्वाचित हुने संवैधानिक व्यवस्था छ।