काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ५०० रूपैयाँले बढेर तीन लाख १६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ५ हजार चार सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार चार ७५ रूपैयाँमा कारोबार भइरहेको छ।