काठमाडौँ। भारतले टी-२० विश्वकपको उपाधि जित्न न्युजिल्यान्डलाई २५६ रनको विशाल लक्ष्य दिएको छ।
नरेन्द्र मोदी स्टेडियममा पहिला ब्याटिङ थालेको भारतले शक्तिशाली प्रदर्शन गर्दै २० ओभरको निर्धारित खेलमा ५ विकेट गुमाएर २५५ रन बनाएको हो।
भारतका ओपनर सञ्जु स्यामसनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ८ चौका र ५ छक्का प्रहारसहित ८९ रन बनाए।
त्यस्तै अभिषेक शर्माले आक्रामक सुरुआत गर्दै २१ बलमा ६ चौका र ३ छक्कासहित ५२ रन जोडे।
इशान किशनले पनि राम्रो साथ दिँदै २५ बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए। कप्तान सूर्यकुमार यादव भने पहिलो बलमै आउट भए। हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाए।
अन्तिम ओभरतिर शिवम दुबेले आक्रामक ब्याटिङ गरे। ८ बलमा ३ चौका र २ छक्कासहित अविजित २६ रन बनाए भने तिलक वर्मा ८ रनमा अविजित रहे।
न्युजिल्यान्डका जिम्मी निशमले ३ विकेट लिए। म्याट हेनरी र रचिन रविन्द्रले समान १-१ विकेट लिए।