काठमाडौं। बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन्।
उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरी १७ हजार १७३ मतसहित विजयी हुँदा थापाले १६ हजार ६३३ मत पाएका छन्।
तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले तीन हजार ४२८ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश शाह तीन हजार ४२८ मतसहित चौथो भएका छन्।