काठमाडौँ। झापा २ मा पूर्वउपसभामुख इन्दिरा रानामगरले पूर्वसभामुख देवराज घिमिरेलाई पराजित गरेकी छन्।
रास्वपाबाट उम्मेदवारी दिएकी रानामगरले घिमिरेलाई ४८ हजार ७ सय ४२ मतान्तरले हराएकी हुन् ।
रानामगरले ६० हजार १ सय १० मत प्राप्त गर्दा घिमिरेले ११ हजार ३ सय ६८ मत ल्याएका छन्।
दुवै जना विघटित प्रतिनिधिसभामा सभामुख र उपसभामुख थिए। घिमिरे सोही क्षेत्रबाट २०७९ को निर्वाचनमा निर्वाचित सांसद थिए भने रानामगर रास्वपाबाट समानुपातिक सांसद थिइन्।