काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२४ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम। महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उज्ज्वल कुमार झाले नेपाल संघीय समाजवादी पार्टी नेपालका मोहम्मद रिजवान अन्सारीलाई हराउँदै विजयी भएका छन्।

झा २६ हजार ४ सय ८२ मतान्तर सहित निर्वाचित भएका छन्। झाले ३२ हजार ४५१ मत प्राप्त गरी विजय भएका छन् भने नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रहेका रिजवानले ५ हजार ९ सय ६९ मत प्राप्त गरेका छन्।

त्यसैगरी स्वतन्त्र उम्मेदवार राम आधार कापरले ४ हजार ७ सय ९० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार बजरंग नेपालीले ४ हजार ३ सय ४२ मत प्राप्त गरेका छन्।

त्यसैगरी जसपा नेपालका उम्मेदवार मिनाक्षी ठाकुरले ३ हजार ९ सय ४६ र स्वतन्त्र उम्मेदवार हरिनारायण यादवले ३ हजार ५ सय ३१ मत प्राप्त गरेका छन्।