काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२४ फाल्गुन २०८२
अ+
अ-

रौतहट। रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका रवीन्द्र पटेल विजयी भएका छन्। २७ हजार ३१८ मत पाई पटेल विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका गोविन्द चौधरीले ११ हजार ९५४ मत पाएका छन्।

यस क्षेत्रमा लगातार जित्दै आएका आम जनता पार्टीका अध्यक्ष प्रभु साह तेस्रो स्थानमा रहे। साहले आठ हजार ८९० मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का कुन्दन कुशवाहाले ६ हजार ६०५ मत पाए।

यस क्षेत्रमा स्वतन्त्रसहित विभिन्न पार्टीका ४१ जना उम्मेदवार चुनावी मैदानमा थिए। विद्यार्थी जीवनबाट उदाएका पटेल नेपाली कम्युनिस्ट पार्टीका नेता थिए। निर्वाचनअघि मात्र उनी रास्वपा प्रवेश गरेका थिए।