जनकपुरधाम । पर्सा जिल्लाको चार वटै प्रतिनिधि सभा सदस्य सिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आफनो प्रतिद्वन्दी भन्दा फराकिलो मतले विजयी भएका छन ।
मधेस प्रदेशको आर्थिक राजधानीको रुपमा समेत आफनो पहिचान बनाएको र अद्यौगिक नगरी पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उम्मेदवार बुद्धिप्रसाद पन्त विजयी भएका छन ।
रास्वपाका उम्मेदवार पन्तले २७ हजार २७४ मत ल्याएर विजयी भए । पन्तले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ को मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका छन ।
एमालेका उम्मेदवार यादवले १३ हजार ३० मत प्राप्त गरे । त्यस्तै गरी नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रूगटाले ११ हजार ८८५ मत ल्याए । त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेशप्रसाद यादवले एक हजार २०१ मत प्राप्त गरे ।
पर्साको क्षेत्र नम्बर १ मा कूल ८९ हजार ६३८ मतदातामध्ये ६१ हजार २४७ जना अर्थात् ६८ दशमलव ३२ प्रतिशत मत खसेको थियो । यहाँ दलीय र स्वतन्त्रतर्फ गरेर ३० जना उम्मेदवार चुनावमा प्रतिस्पर्धा गरेका छन । समानुपातिकतर्फ भने ६२ हजार ३४९ अर्थात् ६९ दशमलव ५५ प्रतिशत मत खसेको छ ।
त्यसैगरि पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन । रास्वपाका उम्मेदवार कानु ३० हजार ७४० मतसहित विजयी भएका हुन ।
सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार आठ सय ९० मत प्राप्त गरे । नेकपा (एमाले)का उम्मेदवार रिमाकुमारी यादवले ११ हजार ६०५ मत ल्याए । त्यस्तै जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले दुई हजार ६४२ मत ल्याए भने भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिना जैसवालले एक हजार नौ सय ९९ मत ल्याईन ।
यस क्षेत्रमा ३१ जना उम्मेदवारले प्रतिस्पर्धामा थिए । स्वतन्त्रतर्फ १४ जना र दलीय उम्मेदवारतर्फ १७ जनाथिए । पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता संख्या ९५ हजार एक सय २० जनामध्ये प्रत्यक्षतर्फ ६५ हजार आठ सय ७८ मत खसेको थियो । सोमध्ये चार हजार पाँच सय ६८ मत बदर भएको थियो भने सदर मत भने ६१ हजार तीन सय १० थियो ।
त्यसैगरि पर्सा निर्वाचन क्षेत्रमा ३ मा समेत रास्वपाका उम्मेदवार रामाकान्त प्रसाद चौरसिया विजयी भएका छन । उनले २९ हजार ६सय ७८ मत प्राप्त गरे भने नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले १६ हजार ३सय ६६ मत प्राप्त गरेका थिए । त्यसैगरि नेकपा एमालेका उम्मेदवार रुपेशकुमार पाण्डेयले ११ हजार ९ सय १४ मत प्राप्त गरेर तेश्रो स्थान हासिल गरेका थिए । त्यसैगरि नेकपाका उम्मेदवार छोटेलाल प्रसाद यादवले २ हजार १ सय ३७, जनमत पार्टीकी मालती कुमारी कुशवाहाले ५ सय ८३, आम जनता पार्टीका मोहम्द ईस्तखारले २ सय ८५ मत प्राप्त गरेका छन ।
त्यसैगरि पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा समेत रास्वपाले जितेको छ । रास्वपाका उम्मेदवार टेक बहादुर शाक्यले २८ हजार ६ मत प्राप्त गरे भने नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५सय ३४ मत प्राप्त गरेर दोश्रो स्थान हासिल गरे । नेकपा एमालेका जालिम मियाँ मन्सुरीले १२ हजार १ सय ४५,जनता समाजवादी पार्टीका कृपासिन्धु प्रसादले ४ हजार ७ सय ५८,नेकपाका जयप्रकास थारुले ३ हजार १ सय १३ ,जनमत पार्टीकी सिमादेवि कलवारले २ सय ८२ मत प्राप्त गरेका थिए ।