काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १० लाख मत कटाएको छ।

हालसम्म करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाखभन्दा बढी मत प्राप्त गरेको हो।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म १९ लाख ७९ हजार १८१ मत गणना भएको छ। तीमध्ये रास्वपाले १० लाख १६ हजार ६७७ मत प्राप्त गरेको छ।

यसैगरी नेपाली कांग्रेसले ३ लाख ३७ हजार ७३२ मत पाएको छ भने नेकपा एमालेले २ लाख ६९ हजार ७० मत प्राप्त गरेको छ। नेकपाले १ लाख १८ हजार ९२० मत ल्याएको छ।

त्यस्तै राप्रपाले ७३ हजार १८१ मत प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टीले ४२ हजार ७८७ मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले २३ हजार ६२४ मत प्राप्त गरेको छ।

अन्य दलहरूमा जनता समाजवादी पार्टी नेपालले १३ हजार ६८९, नेपाल मजदुर किसान पार्टीले ९ हजार ७५८, राष्ट्रिय मुक्ति पार्टी नेपालले ९ हजार १२१ र जनमत पार्टीले ८ हजार ६०३ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ५ हजार ८८४, राष्ट्रिय जनमोर्चाले ५ हजार ५५० र राष्ट्र निर्माण दल नेपालले ५ हजार ५२५ मत पाएका छन्।

मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।