काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२४ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम। सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुष्पाकुमारी चौधरी निर्वाचित भएकी छन्।

उनले ३० हजार ३४८ मतान्तरसहित निर्वाचित भएकी छन्। चौधरीले ३८ हजार १९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी स्वाभिमान पार्टीका सुमित कुमारले ७ हजार ८४७ मत प्राप्त गरेका छन्।

यस्तै, नेकपा एमालेका सुमन राज प्याकुरेलले ७ हजार ६५२, नेपाली कांग्रेसका रामदेव साह (तेली)ले ६ हजार ९९४ मत पाएका छन्।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका दाईले यस क्षेत्रमा ४ हजार ८३३ मत पाएका छन् । उनी २०७९ को निर्वाचनमा समेत यस क्षेत्रबाट पराजित भएका थिए।

यस्तै, जनता समाजवादी पार्टी नेपालका श्यामसुन्दर सरदारले २ हजार ५५८, नेपाली कम्युनिष्ट पार्टीका रविन्द्र चौधरीले १ कजार ६२६ मत प्राप्त गरेका छन्।