काठमाडौँ। काठमाडौँको बाफलमा स्कुटर दुर्घटना हुँदा आज (सोमबार) एक महिलाको मृत्यु भएको छ।
काठमाडौँ १३‚ बाफलस्थित सडकमा बा.प्र. ०२-०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु.७९प ३४९ नम्बरको स्कुटर आपसमा ठोक्किँदा स्कुटरमा चढेकी नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको हो।
दुर्घटनामा सख्त घाइते रौनियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकी स्कुटर चालकको राष्ट्रिय ट्रमा सेन्टर र मोटरसाइकल चालकको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।