काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२६ फाल्गुन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सप्तरी। राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।

राजविराज नगरपालिका ४ का २५ वर्षीय बौवा भन्ने गजेन्द्र दासको मृत्यु भएको हो। राजविराज ३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका गजेन्द्रको मंगलबार डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

दुईपल्ट माछा मारेर बाहिर निस्केका उनी तेस्रोपटक पुनः माछा मार्ने क्रममा डुबेको स्थानीयले जनाएका छन्।

पोखरीमा माछा मार्ने क्रममा एक युवा डुबेको खबर पाएपछि पुगेको नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीका गोताखोर टोलीले खोजी सुरु गरेको थियो। करिब चार घण्टाको प्रयासपछि उनको मृत शरीर सेनाले फेला पारेको हो।