डोटी। घर लिप्ने माटो खन्न गएकी डोटीको सायल गाउँपालिका २‚ ग्वानीकी १६ वर्षीया एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार आज (मंगलबार) बिहान पौने १० बजेतिर घरनजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा चारजनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।