काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२७ फाल्गुन २०८२
एयर इन्डिया एक्सप्रेस। (प्रतिनिधिमूलक तस्बिर)
अ+
अ-

फुकेट। थाइल्यान्डको फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एयर इन्डिया एक्सप्रेस विमानको नोज ह्विल (अगाडिको पांग्रा) भाँचिएको छ।

पीटीआईले डीजीसीएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ कि- विमान अवतरण गर्ने क्रममा विमानमा समस्या आएको थियो र अगाडिका दुवै नोज ह्विल उछिट्टिएको थियो।

एयर इन्डिया एक्सप्रेस बोइङ ७३७ म्याक्स विमान हैदराबादबाट फुकेट उडान गरिरहेको थियो। अधिकारीहरूका अनुसार घटनामा कुनै पनि यात्रु घाइते भएका छैनन्। सबै यात्रुलाई विमानबाट निकालेर टर्मिनल भवनमा लगिएको छ।

रोयटर्सले समाचारमा उल्लेख गरेको छ कि- क्षतिग्रस्त इन्डिया एक्सप्रेस विमानलाई हटाउन फुकेट विमानस्थलको रनवे केहीबेर रूपमा बन्द गरिएको थियो। -बीबीसी हिन्दीन्युज