काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। स्पेनिस क्लब एट्लेटिको मड्रिडले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा टोटनहमलाई ५–२ ले पराजित गरेको छ।

मंगलबार मेट्रोपोलिटानको रंगशालामा घरेलु टोली एट्लेटिकोलाई जित दिलाउन जुलियन अल्भारेजले २ तथा मार्कस लोरियन्ट, एन्टोइन ग्रिजम्यान र रोबिन ले नोर्मन्डले १–१ गोल गरे । टोटनहमका लागि पेड्रो पोरो र डोमिनिक सोलन्केले १–१ गोल गरे ।

खेलको छैटौँ मिनेटमै लोरियन्टको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो। ८ मिनेटपछि नै ग्रिजम्यानले टोलीको अग्रता दोब्बर बनाए ।

एल्भारेजले १५औँ मिनेटमा एट्लेटिकोका लासिग तेस्रो गोल गरे। ७ मिनेटपछि नोर्मन्डले टोलीका लागि चौथो गोल गरे ।

पोरोले २६औँ मिनेटमा टोटनहमका लागि पहिलो गोल फर्काए। ५५औं मिनेटमा एल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दा एट्लेटिको ५–१ ले अगाडि बढ्यो ।

सोलन्केले ७६औँ मिनेटमा टोटनहमका लागि दोस्रो गोल गरे ।