काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२७ फाल्गुन २०८२
टी-२० विश्वकप २०२६ का विजेता भारतीय क्रिकेट टिम।
अ+
अ-

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई दुई लाख ५६ हजार १५४ अमेरिकी डलर दिने भएको छ।

टी-२० विश्वकपमा सहभागी टोलीलाई दिने रकम आईसीसीले सार्वजनिक गरेको हो। नेपालले पाउने रकमजत्तिकै इटाली, नेदरल्यान्ड्स र यूएईले पनि पाउनेछन्। अहिलेको विनिमयदरअनुसार यो रकम तीन करोड ७७ लाख नेपाली रुपैयाँबराबर हुन्छ।

सबैभन्दा बढी रकम भने उपाधि विजेता भारतले पाउने भएको छ। भारतलाई आईसीसीले २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर दिने भएको छ।

प्रतियोगिताको कुल एक करोड १२ लाख ५० हजार अमेरिकी डलर ‘प्लेअर्स प्राइज मनी’ मध्ये भारतले सबैभन्दा बढी रकम पाएको हो। आईसीसीले सन् २०२४ को तुलनामा यसपटक पुरस्कार रकम बढाएको हो।

यसैगरी दोस्रो स्थानमा रहेको न्युजिल्यान्डले १४ लाख २२ हजार ६९२ अमेरिकी डलर पाउँदा दक्षिण अफ्रिकाले १० लाख पाँच हजार ५७७ अमेरिकी डलर पाएको छ।

त्यस्तै इंग्ल्यान्डले नौ लाख ७४ हजार ४२३, वेस्ट इन्डिजले पाँच लाख ३८ हजार २६९, पाकिस्तानले पाँच लाख २२ हजार ६९२ र जिम्बाब्वेले चार लाख ९१ हजार ५३८ अमेरिकी डलर पाए।

यसैगरी श्रीलंकाले चार लाख ७५ हजार ९६२ डलर तथा अफगानिस्तान‚ अस्ट्रेलिया र अमेरिकाले समान तीन लाख नौ हजार ८०८ डलर पाए। स्कटल्यान्डले दुई लाख ७८ हजार ६५४ डलर पाउँदा आयरल्यान्डले दुई लाख ७१ हजार ७३१ डलर पायो ।

क्यानडा‚ नामिबिया र ओमानले भने समान दुई लाख २५ हजार डलर प्राप्त गरे।